मानव सेवा आश्रममा आश्रितहरुलाई सेनाले खाना खुवायाे

मानव सेवा आश्रम तुलसीपुरमा आश्रितहरुलाई नेपाली सेनाले खाना खुवाएको छ ।
आश्रममा आश्रित ३८ जना ब्यक्तिलाई तुलसीपुर स्थीत नेपाली सेनाको १९ नम्वर बाहिनीले खाना खुवाएको हो ।
गरिवदुखी,असहाय तथा बिपत्तपीडितहरुको लागि राहत कार्यक्रम सञ्चालन समेत गर्ने गरेको नेपाली सेनाले स्वास्थ्य सेवा,राहत,उद्धार र ब्यबस्थापनको कार्य समेत गर्दै आएको बाहिनी पति मदनकुमार केसीले जानकारी दिनुभयो ।
यसप्रकारको कार्यले नेपाली सेना प्रति अपनत्व महसुस भई नेपाली सेना र नागरिक बिच सम्बन्ध थप प्रगाढ हुने बिश्वास लिएको सेनाले जनाएको छ

प्रतिक्रिया दिनुहोस