सीमा पुरीको दोस्रो उपन्यास ‘अपरिचित’

काठमाडौं । आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास अपरिचित हिजो एपेक्स लाइफ स्कुल कपनमा विमोचित भएको छ ।

साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय ब्यबहार देखाउने चेष्टा गरेको बताउनुभयो ।

त्यसैगरि अर्का समिक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको सुन्दर भविष्य रहेका धारणा राख्नुभयो ।

प्रमुख अतिथिका रुपमा बोल्दै प्रा।डा। रामप्रसाद ज्ञवालीले भन्नुभयो ‘लेखाइ सुन्दर छ । सामाजिक कथामा आधारित छ । तर परिमार्जन गर्न सकिने ठाउँ छ ।’

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा अभिनेत्री सरिता लामिछाने, बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, सूर्य बिसी लगायतले मन्तव्य राखेका थिए भने लेखिका सीमा पुरीले रचना गर्भ सुनाउनु भएको थियो । यस अघि उहाँको पहिलो उपन्यास परीले पनि पाठकको माया पाएको थियो ।

बिएन पुस्तक संसार प्रालिद्धारा आयोजित उक्त कार्यक्रमको सभापतित्व भिमा देवी पाण्डेयले गर्नुभएको थियो भने सञ्चालन शशी शर्मा मजगैंयाले गर्नुभएको थियो । पुस्तकको बजार मूल्य ३८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस