फालाबाङमा पहिलो पटक निशुल्क बाल स्वास्थ्य शिबिर

सल्यानको अतिबिकट स्थान फलाबाङमा निशुल्क बाल स्वास्थ्य शिबिर सञ्चालन गर्दा ३ सय बढि लाभान्बित भएका छन् ।
तुलसी बाल हस्पीटलको आयोजनमा शनिबार नि शुल्क बाल स्वास्थ्य शिबिर सञ्चालन गरिएको बाल रोग बिशेषज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिनुभयो ।
कोभिड १९ को महामारी पछि पहिलो पटक दाङबाट सल्यानको फालाबाङमा पुगि स्वास्थ्य शिबिर सञ्चालन गरिएको उहाले बताउनुभयो ।
१ बर्ष मुनिका शिशुलाई समेत नि शुल्क स्वास्थ्य जाँच गरिएको थियो । नव जात शिशुको ट्रान्सक्युटाईनेस यन्त्र मार्फत जण्डीसको परिक्षण गरिएको थियो । उक्त परिक्षणले शिशुको रगत ननिकालेर जण्डीसको उपचार गरिएको थियो । जटील प्रकारका बिरामी बालबालिकालाई भर्नाका लागि बाल अस्पतालमा उपचारका लागि पठाईएको जानकारी डाक्टर खत्रीले बताउनुभयो । शिबिरबाट थप उपचारका लागि तुलसीपुर बाल अस्पतालमा ल्याएका बालबालिकाको चेकजाचमा निशुल्क र ल्याव टेष्टमा भने १० प्रतिसत छुटको ब्यबस्था गरिएको उक्त श्रोतले जनाएको छ ।
बालबालिकाको घर आगनमा आई उपचार गर्न पाएकोमा फालबाङ र आसपासका नागरिक भने खुशी भएका छन् ।
शिबिरमा बाल रोग बिशेषज्ञ किशोर खत्री,डाक्टर प्रयास श्रेष्ठ,डाक्टर कृष्ण मण्डल,डाक्टर मिथुन रेग्मी र राजु चौधरी र अस्पताल निर्देशक कमला बस्नेतको टोली सहभागि भएको थियो ।
तुलसी हस्पटले चालु आर्थिक बर्षका ३ महिनमा २७ सय ७७ जना बाललबालिकाको उपचार गरेको छ ।
ती मध्ये ६० देखि ७० प्रतिसत निमोनिया,बोकिङयोलाईटिस,दम रहेका छन् । २० प्रतिसत भने टाईफाईट,मुटुको समस्या र १० प्रतिसत बिराम भने अन्य रहेका अस्प्तालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस