काठमाडौं । गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागारको जिम्मेवारी दिइएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सरकारको दबाबमा मोरङ कारागारको चौकिदारीको जिम्मेवारी दिइएको हो ।
गिरीलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाण्डुस्थित डिल्ली बजार कारागारमा स्थानान्तरण गरिएको थियो । कैदीबन्दीलाई अनावश्यक रुपमा यातना दिने गरेका गिरीको समूहलाई नै मोरङ ल्याइएको छ ।
नेपाली कांग्रेसका नेताको लबिइङ र गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीसहितको समूहलाई मोरङ लगिएको हो । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गिरीका सहयोगी राजु श्रेष्ठ, असित सैँवु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि मोरङ कारागार सरुवा गरिएको हो ।
गिरी पुनः मोरङ आउने भएपछि कारागारभित्र खैलाबैला मच्चिएको छ । उनको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्न थालेका छन् । यसअघि मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई नै दिइएको थियो ।
उनीमाथि कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप छ ।
गिरीलाई डिल्ली बजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो । राईले पनि कारागारमा आतंक मच्चाउँदै आएका थिए । कैदीबन्दीहरुले गिरीलई आउन नदिन र राईको सरुवाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । गिरीलाई ल्याउन राईलाई झुम्का कारागारमा सरुवा गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि गिरीले विराटनगर आउने मौका पाएका हुन् ।
गत भदौ १७ गते गिरीलाई विराटनगर पठाउने निर्णय भएपनि कैदीबन्दीहरुको विरोधका बावजुत गत कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइएको थियो । तर, विरोध चर्किँदै गएपछि गिरीलाई सप्तरी सरुवा गरिएको थियो । सप्तरी पठाएको १७ दिनपछि कारागार व्यवस्था विभागले विराटनगर ल्याएको हो ।
कांग्रेस नेताहरुले गिरीलाई मोरङ ल्याउनुमा आम्दानीसँग जोडेर हेरेका छन् । कारागारमा दैनिक व्यापार राम्रो हुने भएकाले नेताहरुले आफूनिकट गिरीलाई ल्याउन गृहमन्त्री बालकृष्ण खाँडको सहयोग लिनु परेको हो ।
कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारले दैनिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने भएकाले सबैको रोजाइको विषय बन्ने गरेको छ । अवैध कमाई सबैलाई बाँड्ने गरेपछि चौकीदारका सवालमा कसैले पनि बोल्न नसक्ने गुनासो कैदीबन्दीको छ ।
विराटनगर महानगरपालिका–११ घर भएका गिरी कांग्रेसका नेताहरुको संरक्षणमा अपराध गर्दै आएका गुन्डा नाइके