प्रदेश १ कांग्रेसको सभापतिमा उद्धब थापा विजयी

काठमाडौं । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति पदाधिकारीको संस्थापन बर्चस्व सहित विजयी भएको छ ।

संस्थापन पक्षका उद्धव थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतले पछि पारेका छन् ।

सोमवार बिहान ३:३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् ।

यस्तै महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गरि विजयी भएका छन् ।

यस्तै संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन्।

यस्तै सह-महामन्त्री महिला तर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छिन् ।

यस्तै सह- महामन्त्री खुल्ला तर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी भएका छन् । उनले १ हजार २६ मत प्राप्त गरेका छन् भने अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन्।

अध्यक्षमा पदमा सुरुवाती अग्रता लिदै आएका  गुरुराज घिमिरेलाई थापाले पछ्याउँदै अन्तिम मतगणनामा २ मतले पछि पारेका थिए ।

थापाले २ मत बढी प्राप्त गरे पछि मतगणनामा त्रुटि भएको भन्दै  केही बेर बिबाद उत्पन्न भएको थियो ।

यस्तो छ अन्तिम मतपरिणाम

 सभापति:

१.उद्धव थापा – ८४४

२.गुरुराज घिमिरे -८४२

उपसभापति :

१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५

२.टंक प्रसाद राई -८४७

३.रमेशजंग रायमाझी -८९०

४.विश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९

महामन्त्री :

१.उमेश थापा -८०३

२.दिपनकुमार श्रेष्ठ -७६४

३.पदम सुन्दर पालुङ्गवा- ८०७

४.भुपेन्द्र राई -८२४

सह-महामन्त्री :

१.प्रमिला गच्छदार -८३७

२.सीता कार्की-७९३

सह-महामन्त्री :

१.खड्ग फागो -१०२६

२.रोहित कुमार शाह -६६५

३.बिनोद कुमार बस्नेत -७४७

४.विरकाजी राई -६४७

५.शुभचन्द्र राई -८४

प्रतिक्रिया दिनुहोस