स्वास्थ मन्त्री लाई एम्बुलेन्स निर्देशिका सच्याउन संयुक्त एम्बुलेन्स चालक संघले बुझायो ज्ञापनपत्र

काठमाडौ – एम्बुलेन्स निर्देशिका तुरुन्त सच्याउन संयुक्त एम्बुलेन्स चालक संघ नेपालले स्वास्थ तथा जनसंख्या मन्त्रालय लाई ज्ञापन पत्र बुझाएका छ। १० बुदे माग पत्र सहित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको केन्द्रिय अध्यक्ष नबराज लामिछाने र केन्द्रिय सचिव  चन्द्र पराजुलीले स्वास्थ मन्त्री बिरोध खतिवडा समक्ष ज्ञापन पत्र बुझाएका हुन। संघले २०७८ भदौ २२ गते  जारी गरेको निर्देशिका अनुुसार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउदा धेरै बिरामीको अकालमा ज्यान जाने ठहर गरेको छ।

निर्देशिकाको दफा ११ अनुसार  अस्पतालहरुले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने, सरकारी अस्पतालको सम्झौताको आधारमा नवीकरण सिफारिस गर्ने निर्णयले देशभरका ६ हजार एम्बुलेन्स श्रमिकहरु रोजी रोटीमा आंच पुग्ने ज्ञापनपत्रमा उल्लेख छ। मेडिकल माफियाहरुको साठ्गाट अनुसार निर्देशिका जारी भएको भन्दै संघले घोर बिरोध र आपत्ति जनाउदै नियमित सञ्चालनमा रहेका एम्बुलेन्सको नविकरणलाई सहज,अनुकुलता अनुुसार एम्बुलेन्स सञ्चालन गर्न पाउन पर्ने गरी निर्देशिका सच्याउन संघको जोडदार माग रहेको छ।निर्देशिका नसच्याउँदा बिरामीहरुले समयमै स्वास्थ उपचार नपाउने र मुलुकमा बिकरात समस्या उत्पन्न हुने निष्कर्ष सहितको ज्ञापनपत्रले आफ्नो ज्यानको बाजि लगाएर घाईते बिरामीको उद्दारमा खटिने एम्बुलेन्स मजदुरहरु र समाजिक संघ संस्था माथी न्याय हुने बिस्वास गरिएको छन।निम्न १० बुदे माग सहित मन्त्रालय पुगेका एम्बुलेन्स चालकहरू मन्त्री खतिवडाको प्रतिबद्धता प्रती आशावादी भएका छ्न।

१.अस्पतालले मात्रै एम्बुलेन्स संचलन गर्न पाउने निर्णय एम्बुलेन्स र श्रमिक अधिकार बिरोधि निर्णय खारेज गर्नु पर्ने

२सरकारी अस्पतालको निर्देशनमा मात्रै एम्बुलेन्स संचालन गर्ने परिपाटी  अन्त्य गर्‍नु पर्ने। क ख ग बर्ग मध्य ग बर्ग मात्रै परिवर्तन गर्ने निर्णयलाई आगमी दर्ता प्रकृयामा मात्रै लागू गरियोस।

३ एम्बुलेन्स चालकलाई स्वास्थ तालिमको ब्यबस्था गरि संचालन गर्नु पर्ने

४अस्पतालले मात्रै एम्बुलेन्स राख्न पाउने न्युनतम कोटाले बिरामीको स्वास्थ क्षेत्रमा ठूलो असर पुर्याउने हुदा खारेज गर्नु पर्ने

५कुनै पनि अस्पतालमा स्वतन्त्र रुपमा एम्बुलेन्स पार्किङ गर्न पाउने ब्यबस्था लागु गर्नु पर्ने।

६ राज्यको तर्फ बाट चालकलाई स्वास्थ सामग्री न्युनतम एम्बुलेन्समा राख्न पर्ने औसधिहरु स्वास्थ कार्यलय  बाट निशुल्क गर्नु पर्ने  र प्राण घातकरोगहरु बाट बच्नलाई चालक र बिरामीलाई स्वस्थ्य सुरक्षा कबजको ब्यबस्ता गर्नु पर्ने।

७ एम्बुलेन्स चालकको पहिचान खुल्ने खालको चालक ड्रेस्को र राज्यबाट  जोखिम भत्ताको ब्यबस्था गर्नु पर्ने

८ एम्बुलेन्स चालकलाई राष्ट्रिय सेबक घोषणा  र चालको बाल बच्चालाई छात्रवृत्तिको ब्यबस्था गर्नु पर्ने

९ एम्बुलेन्स चालकलाई राज्यद्वारा  स्वस्थ्य जीवन बिमा को साथै चालकको स्वास्थ उपचारको ग्यारेन्टी गर्नु पर्ने

१०एम्बुलेन्स संबंधित राज्यको तर्फबाट हुनेनिर्णयहरुमा हाम्रो संघको सहभागितामा निर्णय गरियोस

प्रतिक्रिया दिनुहोस