केन्द्रिय सदस्य नबनाए पनी बाचुन्जेल केपी ओलीलाई साथ दिन्छु :दुर्गा प्रसाई

काठमाडौं । व्यवसायिक पृष्ठभूमीबाट राजनितीमा होमिएका दुर्गा प्रसाईले जस्तो सुकै अप्ठेरो अवस्था आए पनि आजीवन केपी आलीलाई साथ दिने बाचा गरेका छन् ।

चितवनमा भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधीका रुपमा सहभागी भएका प्रसाईले केन्द्रिय सदस्यमा उमेदवारी दिने घोषणा गरेका थिए तर सर्वसम्मत नेतृत्व चयन गर्ने सर्वाधिकार केपी ओलीले पाउँदा पनि नाम नआएका प्रसाईले यत्तिकै कारण ओली सँग आफ्नो सम्बन्ध नबिग्रिने बताएका छन्।

राजनितीमा विभिन्न आरोह अवरोध आउँने भन्दै उनले यसलाई सामान्य रुपमा लिएको बताएका छन् । एमाले अध्यक्ष ओलीलाई हजुरबुवा भन्ने प्रसाईले ठूलो पार्टीमा धेरैलाई मिलाएर लैजानु पर्दा खेरी हजुरबुवाले चाहदाँ चाँहदै पनि आफ्नो नाम नपरेको हुन सक्छ भनेका छन् ।

नेपालयन खबर डटकम सँगको कुराकानीमा प्रसाईले अबको केहि समय भित्र आफुले मात्रै पाँच लाख भन्दा बढि मान्छे एमाले प्रवेश गराउँने घोषणा गरेका छन् । देशव्यापी रुपमा पार्टी प्रवेश कार्यक्रम लिएर घुम्ने उनले बताएका छन् ।

आगामी निर्वाचन पछि कम्तीमा ७० प्रतिशत मत सहित नेकपा एमालेको सानदार सत्तायात्रा फेरी सुरु हुने भन्दै प्रसाईले केपी ओली चौथौ पटक नेपालको प्रधानमन्त्री हुने ठोकुवा गरेका छन् । मेरा हजुरबुवा अबको १४ महिना पछि एकल बहुमतको सरकारको प्रधानमन्त्री बन्नुहुन्छ। यो कुरा लेखेर राख्नुस् प्रसाईले भनेका छन् ।

यो देशमा अब बाँकी रहेको शक्ती भनेको नेपाली सेना र एमालेमात्रै भएको भन्दै उनले अरु पार्टीहरुको निर्वाचमा लज्जासद पराजय हुने दाबी गरेका छन् । शेरबहादुर देउवाको पुच्छर समातेर प्रचण्ड काग्रेस बनिसकेको भन्दै प्रसाईले अब उनीहरुलाई जनताले नबोक्ने बताएका छन् ।

प्रसाईले आफुले झापामा माओवादी केन्द्र क्mिलन स्विपनै बनाइदिएको दावी गरेका छन् । अब झापामा कसैले माओवादी खोजेर पनि पाउँने अवस्था नरहेको दावी गरे । धनकुटामा पनि आफ्नै कारणले भव्य कार्यक्रम भएको जिकिर उनले गरेका छन् ।

अब सातै प्रदेशमा अध्यक्ष ओलीलाई लिएर बृहत पार्टी प्रवेश गराउँने उनले भनेका छन् । केहि दिन भित्रै काठमाडौँमा माओवादी केन्द्र बाट मात्रै हजारौँको संख्यामा पार्टी प्रवेश गराउँने उनले बताएका छन् । पुर्व लडाकुको ठुलो संख्या एमाले प्रवेश गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए ।

चितवनमा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधी भएर सहभागी भएका प्रसाईले केन्द्रिय सदस्यमा आकांक्षा राखेका थिए।। ओलीले प्रस्ताव गरेको लिष्टमा आफ्नो नाम नपरे पनि जीवनभर ओलीलाई साथ दिने बाचा उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस