प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद बहाली गर्नुभएको छ ।
चितवनमा सम्पन्न पार्टीको १०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका ओलीले आज पार्टी मुख्यालय थापाथली पुगेर पद बहाली गर्नुभएको हो ।
पदबहाली गर्दै उहाँले महाधिवेशनमा उल्लासपूर्ण जनसहभागिता भएको बताउनुभयो । उहाँले विरोधीहरूले भाडाका मान्छे ल्याउने गरेको आरोप लगाएपनि यसपटकको महाधिवेशमा नसोचेकै जनसभागिता भएको बताउनुभयो । चुनावी प्रतिस्पर्धामा भीम रावलले भारी मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एमालेको अध्यक्षका रुपमा ओलीको दोस्रो कार्याकाल हो । यसअघि काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट माधव कुमार नेपाललाई झिनो मतअन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित हुनुभएको थियो । आठौं महाधिवेशनमा पनि अध्यक्षका प्रतिस्पर्धी रहेका ओली त्यतिबेला भने झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।
एमाले अध्यक्षका रुपमा ओलीको अबको कार्यकाल ५ वर्षको हुनेछ ।