चीनले ताइवानमाथि हमला गरे चुप नबस्ने : आबे

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ ।

आज आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा ताइवानको आपतकाल जापानको पनि आपतकाल भएको र त्यस हिसाबले ताइवानसँग पनि जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुने बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उनले जापान र अमेरिकाले चिनले आफुलाई साथ दिन्छ भन्ने कुरामा कहिल्यै भ्रम नपाल्न पनि भनेका छन् ।

अघिल्लो वर्ष प्रधानमन्त्रीको पद छोडेपछि आबे जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सबैभन्दा ठूलो गुटका प्रमुख हुन् र उनलाई पार्टीभित्र निकै प्रभावशाली मानिन्छ ।

प्रतिक्रिया दिनुहोस