सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बजारमा सुन केही दिनदेखि घट्दै आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस