एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको पाइएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)का अनुसार विभिन्न २० देशमा नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका हुन् ।
ओमिक्राेन भेरियन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएकाे थियाे । यस भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न भन्दै सचेत रहन आग्रह गरेको छ ।
दक्षिण अफ्रिकामा अहिलेसम्म ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ । त्यस्तै बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ।
त्यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएको छ ।