कोभिड बिरुद्धको थप ९ लाख ७२ हजार डोज खोप नेपाल आउदै

काठमाडौँ । कोभिड बिरुद्धको थप ९ लाख ७२ हजार डोज खोप आज नेपाल आउनेभएको छ ।

कोभ्याक्स सुविधामामार्फतको कोभिसिल्ड खोप आज नेपाल आइपुग्ने जनाइएको छ ।

आज दिउँसोसम्म उक्त खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो । उहाँले यसै साता थप खोप पनि आउने बताउनुभयो ।

कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार पनि ७ लाख २५ हजार खोप आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस