बागलुङ । बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका–१ खहरेको सडकछेउमा जिप पल्टिँदा बागलुङ नगरपालिका–६ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
बा १८ च ५६७७ नम्बरको उक्त जिपमा सवार अन्य तीन जना घाइते भएका छन् । घटनाको जानकारी भएपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि पठाइएको छ ।
घाइतेलाई धौलागिरी अस्पतालमा उपचारका लागि ल्याउन स्थानीय र प्रहरीले तयारी गरेको छ । घाइतेको अवस्था भने सामान्य रहेको जनाइएको छ ।