काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
मंगलबारको प्रदेशसभा बैठकमा उँहाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेसँगै आज विश्वसको मत लिन लाग्नु भएको हो ।
मंगलबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
एमालेको १० औँ महाधिवेशन कारण प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण मंगलबारको बैठक औपचारिकतामा सीमित भएको थियो ।
नेकपा एमालेले आजको बैठकमा सहभागी हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूले बताएका छन् ।