सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा समान्य गिरावट आएको छ ।

हिजो प्रतितोला सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेकोमा मूल्य आज २०० रुपैयाँले घटेर ९१ हजार ९०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्यमा पनि समान्य गिरावट आएको छ ।

हिजो प्रतितोला ९१ हजार ५०० कायम गरिएकोमा आज १०० रुपैयाँले घटेर ९१ हजार ४०० मा कारोबार भैरहेको छ ।

यस्तै, चाँदीको पनि गिरावट आएको छ । हिजो प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस