अब म केपी ओलीलाई गाली गर्दिनँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेभन्दा आफ्नो पार्टी शक्तिशाली भएको दाबी गरेका छन्।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एकीकृत समाजवादी पार्टी नभई माधवको गुट’ भनी गरेको टिप्पणीविरुद्ध बुधबार अध्यक्ष नेपालले प्रतिवाद गरेका हुन्।

बुधबार बिहान प्रदेश २ अन्तर्गत जनकपुरमा पार्टीको धनुषा जिल्ला पार्टी कार्यालय उद्घाटन समारोहमा अध्यक्ष नेपालले भने, ‘सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ। प्रदेश २ मा हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं। यो कुरा सबैलाई थाहा छ– अगामी निर्वाचनमा ओली नेतृत्वको एमाले चोइटिएर जान्छ।’

यस क्रममा अध्यक्ष नेपालले केपी ओलीले जति नै गाली गरे पनि अब आफूले गाली नगर्ने पनि बताए।

एकीकृत समाजवादीले जनकपुरधाम उपमहानगरपालिका-१ किशोरी नगरमा प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो

प्रतिक्रिया दिनुहोस