सुर्खेतबाट काठमाडौं जादै गरेकाे वस दाङमा दुर्घटना, २९ यात्रु घाइते

दाङ-दाङको लमहीमा बस दुर्घटना हुदा २९ जना यात्रु घाइते भएका छन ।

सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुदाँ बसमा सवार २९ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बसकाे पट्टा भाचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूकाे लमही अस्पतालमा उपचार भएको छ । जस मध्य ७ जना घाइतेलाई थप उपचारको लागि बाँके पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस