दाङ । दाङमा नेपाली काग्रेसका एक जना उम्मेदावरको प्रचार शैली अलि भिन्न देख्न सकिन्थ्यो । निर्वाचन क्षेत्र नम्वर ३ (ख)का सचिव पदका उम्मेदवार देवीराम कुसारीले मतदान स्थलमा फोहर सफा गर्दै प्रचारशैलीलाई पनि फरक ढंगले गर्नुभएको थियो ।
मतदान स्थलमा सहभागिहरुले यत्रतत्र फ्याकेका कागजका टुकडा,गुड्का, सुर्तिका प्याकेट, अन्य बस्तुको फोहरलाई फोहर ब्यबस्थापन गर्न ब्यबस्थ देखिएका कुसारीले फोहर पनि मलाई भोट पनि मलाई भन्दै चुनावी प्रचार शैली अपनाउनुभएको थियो । कुसारी दाङमा पत्रकारिता क्षेत्रमा लामो अनूभव बटुल्नु भएको थियो । उहाँले यसपालि नेपाली काग्रेसको १४ औ महाधिबेसनमा प्रदेश (ख) सचिब पदमा उम्मेदावरी दिनुभएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनअन्तर्गत जिल्लामा १ सय ३ जना प्रदेश महाधिवेशन प्रतिनिधि र ४२ जना प्रदेश पदाधिकारीहरु निर्वाचित हुँदैछन् । दाङका ३ निर्वाचन क्षेत्र अन्तर्गत ६ वटा प्रदेश तहको क्षेत्रमा निर्वाचन आज भइरहेको छ ।