बिद्यार्थी संगठन देखि बन समूहको अनूभवलाई पार्टीमा स्थापीत गर्छु – सापकोटा

दाङ । नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ को संघिय सचिब पदका उम्मेदवार शोभाकर सापकोटाले आफ्नो पक्षमा मतदान गर्न आह्वान गर्नुभएको छ । २०५० देखि नेपाल बिद्यार्थी संघको बिभिन्न तहमा रहि बिद्यार्थी राजनीतिक यात्रा शुरु गरेका सापकोटाले २०५३ सालमा राप्ती बबई क्याम्पसको स्वबियू उपसभापतिको नेतृत्व सम्माल्नुभएको थियाे । त्यस्तै,२०५४ सालमा नेपाल बिद्यार्थी संघ दाङ क्षेत्र नम्वर ४ को सचिब,२०५७ सालमा नेपाली काग्रेस नगर कमिटिको सचिबको भूमिका निर्बाह गरि सकेका सापकोटाले सामूदायिक बन महासंघमा महत्वपूर्ण भूमिका निर्वाह गसिक्नुभएको छ । वन महासंघका तत्कालीन आन्दोलनमा अग्रणी भूमिका खेलेका सापकोटाले २०५७ साल  देखि २०६७ सम्म सामुदायिक बन महासंघ दाङको सचिब र दुई कार्यकाल वन महासंघको अध्यक्षको भूमिका सफलतापूर्वक सम्पन्न गरि सक्नुभएको छ । उहाँका सहकर्मीका अनुसार उहाँ स्पष्ट,पारदर्शी र स्वच्छ छवी भएका ब्यक्तिको रुपमा पहिचान बनाउनुभएको छ । उहाँले २०६२÷६३ सालको जनआन्दोलनमा प्रभाबकारि भूमिका खेल्नुभएको थियो । नेपाली काग्रेसको १४ औ महाधिबेसन अन्तर्गतको क्षेत्रीय कमिटिको सचिबमा  उम्मेदावरी दिएका सापकोटाले नेपाल बिद्यार्थी संघ,स्ववियू,पार्टीको नगर स्तर र सामुदायीक वन महासंघमा लामो अनुभवका कारण संघीय तहको क्षेत्रीय कमिटिमा अझ प्रभाकारी भूमिका खेल्न सक्ने भएकाले मतदानका लागि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस