निर्देशिका नसच्याए देशै भरीको एम्बुलेन्स ठप्प पार्ने अध्यक्ष लामिछानेको चेतावननी

चितवन –  नेपाल सरकारले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका सच्याउन संयुक्त एम्बुलेन्स चालक संघ नेपालले माग गरेको छ। संघले बिहीबार विज्ञप्ती जारी गरी निर्देशिका अनुुसार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउदा धेरै बिरामीको अकालमा ज्यान जाने ठहर गरेको छ।

निर्देशिकाको दफा ११ अनुसार  अस्पतालहरुले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने, सरकारी अस्पतालको सम्झौताको आधारमा नवीकरण सिफारिस गर्ने निर्णयले देशभरका ६ हजार एम्बुलेन्स श्रमिकहरु रोजी रोटीमा आघात पुग्ने विज्ञप्तीमा उल्लेख छ। मेडिकल माफियाहरुको साठ्गाट अनुसार निर्देशिका जारी भएको भन्दै संघले घोर बिरोध र आपत्ति जनाएको हो। नियमित सञ्चालनमा रहेका एम्बुलेन्सको नविकरणलाई सहज,अनुकुलता अनुुसार एम्बुलेन्स सञ्चालन गर्न पाउने गरी निर्देशिका सच्याउन संघको जोडदार माग रहेको छ।

संघका अध्यक्ष नवराज लामिछाने द्वारा प्रकाशित  विज्ञप्तीमा निर्देशिका नसच्याउँदा बिकरात समस्या उत्पन्न हुने र उकत परिस्थितिको सामना गर्न सरकार संग कुनै तुक र सामर्थ्य नरहेको समेत जिकिर गर्नु भयो। जस्तो सुकै परिस्थितिमा पनि आफ्नो ज्यानको बाजि लगाएर घाईते बिरामीको उद्दारमा खटिने एम्बुलेन्स मजदुर माथी गरिएको अन्यायको विरुद्धमा आई पर्ने समस्या र क्षती सरकारले बेहोर्न पर्ने चेतावनी समेत दिएका छ्न।

प्रतिक्रिया दिनुहोस