नेपालको राजनीतिमा एउटा ऐतिहासिक घटना : नेकपा एमालेमा एकैदिन चार हजार कार्यकर्ता पार्टी प्रवेश

काठमाडौं । नेपालको राजनीतिमा बुधबार एउटा ऐतिहासिक घटना भयो ।
एकैदिन एउटै जिल्लाका ४ हजार नेता कार्यकर्ता एउटा पार्टीमा प्रवेश गरे । यो घटनालाई नेपालको ऐतिहासिक घटना मान्न सकिन्छ ।

नेपालमा एउटा राजनीतिक दलका कार्यकर्ता अर्कोमा जाने, अर्कोका अर्कोमा जाने क्रम नियमित प्रक्रिया जस्तै भएको छ । राजनीतिक पार्टीका वरिष्ठ नेताहरु जाँदा एउटा पार्टीका नेता कार्यकर्ता अर्को पार्टीमा प्रवेश गरिरहेका हुन्छ । त्यसैले पार्टी प्रवेशका घटना खासै समाचार बन्दैनन् ।

बुधबार भने पार्टी प्रवेशको ऐतिहासिक घटना नै भयो । बाँकेका ३ हजार ९ सय ४३ जना स्वतन्त्र व्यक्ति तथा विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरे । स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र, राजपाका पूर्वकेन्द्रीय सदस्य करिम खानसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरे । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।

कुनै राजनीतिक पार्टीको कार्यक्रममा ४ हजार मान्छेको सहमागीता नै भव्य सहभागिता हो । एमालेको कार्यक्रममा सहभागिताको कुरा होइन, पार्टी प्रवेश नै ४ हजार मानिसले गरे ।

यो राजनीतिमा चानचुने घटना होइन । एउटै जिल्लाका ४ हजार कार्यकर्ता एउटै कार्यक्रमबाट पार्टी प्रवेश गर्ने घटना सायद नेपालको इतिहासमा यस अघि भएका थिएनन् । यस पछि हुन पनि मुस्किल नै छ । यो घटनाले नेपालको राजनीतिमा इतिहास बनाएको छ ।

प्रतिक्रिया दिनुहोस