संघ र साहुले गाडी तुरुन्तै छुटाए तर म ड्राइभर लाई छुटाएनन- राजु बिक

रौतहट- भरतपुर महानगरपालिका १५ एकता चोक चितवनका अर्बिन पन्तको माइक्रो हाईस चालक भरतपुर १५ सुकुम्बासी टोल भवानीपुरका राजु बिकले संघ र साहुले गाडी तुरुन्तै छुटाएको तर आफु निमुखा र गरिब निमुखा भएको कारण जन्डिस भै बिरामी हुदा सम्म वास्ता नगरेको बताएका छ्न।

२०७७ चैत १५ गते काकडभिट्टा बाट चितवन फर्किदै गर्दा आफुले चलाएको बा२ख ५०३० नम्बरको  माईक्रो हाइसमा रौतहट जिल्ला बाग्मती चपुर फाल्चामा काठमाडौ बाट लाहान जाँदै गरेको मोटरसाइकल साईकल चालकको अत्याधिक मदिरा सेबनको कारण ठोक्किएर दुर्घटना भएको र मोटर साईकल चालक सक्त घाइते भै पुर्पक्ष चलान भएको बि क आठ महिना हुदा सम्म आफुले चलाएको गाडी  साहु अर्बिन पन्त र नारायणी यातायात व्यावसायी संघ हेटौंडाका प्रतिनिधि नारायण बहादुर थपाको पहलमा तुरुन्तै छुटाइएको र बिहान बेलुका छाक टार्न मुस्किल सुकुम्बासी बस्तिमा सानो पालको झुप्रो मा श्रीमती र सानो छोरा रहेको चालक राजु बिक लाई घाइते सहमति गर्न मानेन, राजुकै गल्ती छ जस्ता अनेक बहाना  बाजि गर्दै आठ महिना सम्म ब्यबास्ता गरेको र जेलमै श्रीमान बिरामी परेको र यहाँ घर चलाउन साहुले केही सहयोग नगरेको  र घर खर्छ चलाउन नसकेको  बताउदै श्रीमती तारा बिक रुदै वडा अध्यक्ष  पार्टी प्रतिनिधि समाजसेवी समक्ष रुदै हार गुहार गर्दै हिडेको र कोहि कसैले उनको चीत्कार नसुने  पछि उनी बिप्लप नेकपा समक्ष आफ्नो समस्या बताउन पुगेकी छिन।उनको दयानिय अबस्था देखेर बिप्लप नेकपाले केही खाद्यान्न सहयोग गरेको छ भने जेलबाट रुदै बिकले सम्पुर्ण सवारी चालक मित्रहरू पार्टी प्रतिनिधिहरु समाजसेवी र मजदुरसंगठन, मानव अधिकारकर्मी, पत्रकार,विभिन्न  संघ सस्थालाई सहयोग गरिदिन अनुरोध गरेका छ्न।

प्रतिक्रिया दिनुहोस