बिद्यार्थी आन्दोलनका युगीन अभिभारा – युवा नेता डाँगी

दाङ । शिक्षा मानव सभ्यता बिकासको आधारशिला हो र शिक्षा भित्रका बिकृती विसङ्गतीलाई निवारण गर्दै शिक्षा लाई मानव जगतको समृद्धि तथा उन्न्यनको स्तम्भ निर्माण गर्ने क्रियाकलाप तथा गतिविधिलाई बिद्यार्थी आन्दोलनका रुपमा दृष्टिगोचर गरिन्छ। नेपालका हरेक परिबर्तनगामी मोर्चाको अग्र भागमा बिद्यार्थी आन्दोलनको ऎतिहासिक पृष्ठभुमि छ। राष्ट्रियता ,जनजिविका र लोकतन्त्रको अभ्युदय ,बिकास र सबलिकरणका लागि नेपाली विधार्थी आन्दोलन उर्वर उर्जा संचिति गरेको छ।

बिद्यार्थी आन्दोलनले इतिहासका सम्पुर्ण ऎतिहासिक जिम्मेवारी सफलतापुर्बक निर्वाह गर्दै अगाडि बढेकाे छ। युगानुकुल दायित्वहरु उर्जाका साथ सम्पन्न गरेको छ।मुलतः राजनीतिक परिवर्तनको लामो यात्रामा विधार्थी आन्दोलन मुलप्रवाहको आन्दोलनको मेरुदण्डको रुपमा उभिएको थियो र छ पनि । अब त्रमश: राजनीतिक अधिकार प्राप्तिको सवाल बाट मुलप्रवाहको राजनिती आर्थिक समृद्धि तथा दिगो शान्ति स्थापनाको लक्ष्यमा केन्द्रित भएको सन्दर्भमा बिद्यार्थी आन्दोलन माझ नवीन चुनौती तथा अबसरहरु खडा भएका छन चुनौती र अबसरले हामिलाइ विभिन्न अभिभाराहरु थपेका छन ।

सुखी नेपाली समृद्धि नेपालको राष्ट्रिय नारालाइ साकार गर्न मुलुकले वोकेको तिब्र आर्थिक वृद्धि र दिगो आर्थिक बिकासको लक्ष्य प्राप्त गर्न आवश्यक दक्ष योग्य प्रविधि मैत्री जनशक्ति उत्पादन गर्नुपर्दछ ।त्यसका लागि हाम्रो शिक्षा प्रणाली वैज्ञानिक ,प्रविधिमैत्री ,व्यवहारीक, आर्थिक उपार्जनयोग्य ,व्यबसायिक ,सिपमुलक ,उधमशिलतामैत्रि हुनु आवश्यक छ।शिक्षालाई सर्वसुलभ ,गुणस्तरिय बनाउदै आर्थिक सामर्थ्य बिकासका लागि दक्ष जनशक्ति ,चेतना र विबेक उत्पादन गर्न सक्षम शिक्षा प्रणाली बिकास गर्नु आन्दोलन आजको पहिलो र महत्त्वपूर्ण अभिभारा हो।

दोस्रो कुरा नागरिक चेतना अभिवृद्धिमा सारथि बन्नु पर्ने जिम्मेवारी हाम्रो काधमा आएको राजनीतिक परिवर्तन त भयो तर जनतामा चेतनाको स्तर अझै कमजोर हुदा राजनीतिक उपलब्धिहरुले अपेक्षित परिणाम ग्रहण गर्न नसकेको देखिन्छ । नागरिकका आवेग आक्रोश र गुनासाहरुलाइ प्रतिक्रियावादी शक्ति जुरमुराउने अवस्था सृजना भएको हुदा हामी परिवर्तनका योद्धाहरुको आन्दोलनले परिवर्तनको रक्षा गर्ने र जनताको अपेक्षा अनुरुप उपलब्धिहरु सस्थागत गर्न नागरिकहरु चेतनशिल बनाउन आवश्य देखिन्छ ।बिद्यार्थी बिद्रोहका बन्दुक मात्रै नभै चेतनाका दियो बाल्ने सृजनाका पलुवा अन्कुरण गर्ने सृजनशिल शक्ति पनि भएकाले वर्तमान परिवर्तन तथा उपलब्धिलाई जनअपेक्षित परिणामयोग्य बनाउन बिद्यार्थी आन्दोलन watch dog को भुमिका का साथै नागरिक स्तरलाइ स्वस्थ सकारात्मक आलोचनात्मक बनाउदै स्वस्थ्य नागरिक जागरण सृजना गर्न चेतनाको दियोलाइ फैलाउने रचनात्मक र सृजनात्मक अभिभारा निर्बाह गर्नु पर्दछ।

बिद्यार्थी आन्दोलन एक प्रकारको स्थायी प्रतिपक्षी आन्दोलन हो ।यो आन्दोलनको ऎतिहासिक विशेषता हो चाहे जस्को सरकार होस तर बिद्यार्थी आन्दोलन कसैको कठ्मुल्लाबादी भएको इतिहास छैन हामी शक्ति चेतना र विवेक बाट निदेर्शित आन्दोलनको ऎतिहासिक विशेषतालाइ युगानुकुल परिमार्जन गर्दै अगाडि बढनु पर्ने देखिन्छ ।राज्यलाई जन उत्तरदायी बनाउन, सबिधामा प्राप्त हक अधिकार रक्षा गर्न ,मानव अधिकारको सँरक्षण गर्न ,सरकारलाइ जनमुखी बनाउन ,लोकतान्त्रिक मुल्य मान्यतालाइ सस्थागत गर्न , राज्यलाई पारदर्शी ,खुल्ला बनाउदै सुशासनको प्रवद्वन गर्न विधार्थी आन्दोलन हर हमेशा पैरवीको भुमिका निर्वाह गर्नु पर्दछ।

अन्त्यमा परिवर्तनका लागि अग्र मोर्चमा लडेको बिद्यार्थी आन्दोलन परिवर्तन रक्षा र सवलिकरण्को लागि युगानुकुल परिष्करण हुँदै युगिन अभिभाराहरु सम्बहन गर्न आन्दोलनको सोच दृस्ठिकोण लक्ष रणनीति गतिविधि समसामयिक गर्नु आवश्यक छ ।विद्यार्थी राजनीतिक परिवर्तनका सम्बाहक मात्रै नभई अब उत्पादनशिल आत्मनिर्भर अर्थतन्त्रका आर्थिक सवाहकको अभिभारा सम्बहन गर्ने आन्दोलन निर्माण गर्नु पर्दछ । मुलुकको आर्थिक सामर्थ्य बिस्तारको राष्ट्रिय संकल्प पूरा गर्न योग्य शिक्षित प्रविधिमैत्री प्रस्तिस्पर्धी उद्द्मशिल सिपाहीहरुको प्रतिबद्ध सृजनशिल आन्दोलनका रुपमा बिद्यार्थी आन्दोलन र भावी यात्राहरुलाइ मार्गनिर्देशन गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस