मोतिपुरमा कफ्र्यु आज पनि जारी

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी छ ।

थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । आईतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो ।

उपचारका लागि लगिएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको हो । घाइते १ जनाको अवस्था गम्भीर छ । मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन । झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् ।

घाइते प्रहरीमध्ये ६ जनाको काठमाडांैमा भईरहेको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

यता गृह मन्त्रालयले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा बनाएर सरकारी जग्गा कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सार्वजनिक जग्गा अतिक्रमण गर्ने वा गर्न खोज्नेलाई कडा कारबाही गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस