मन्त्री बन्न छुटेका साथीहरुलाई आगामी दिनमा समेट्छौँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महत्वपूर्ण नेताहरु सहकारमा सहभागी हुन छुटेको बताउनुभएको छ । स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित ‘विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन’ कार्यक्रममा बोल्दै सरकरमा सहभागी हुन छुटेका साथीहरुलाई आगामी दिनमा समेट्ने बताउनुभएको हो ।

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको भन्दै प्रधानमन्त्रीले गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भएकाले यो बाध्यतालाई बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं । केही महत्वपूर्ण साथीहरु छुट्नु भएको छ । आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’

शेरबहादुर देउवाले सरकार गठन भएको करिब तीन महिनापछि हिजोँ मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस