जिल्लामै पहिलो पटक आधुनिक प्रबिधिबाट कपडा धुलाई

सफा र छिटटो कपडा धुलाईका लागि यसक्षेत्रकै पहिलो आधुनिक प्रबिधि दाङमा भित्रिएको छ । तुलसीपुरमा युवाहरुले सफा,छिटटो तथा कपडालाई सुरक्षित रुपमा धुलाई गर्न आधुनिक मेसिन सञ्चालनमा ल्याएको हो ।
तुलसीपुर १० का दाजुभाईले तुलसीपुरमा डिके ब्रदर्श ड्राईक्लिन सेन्टर सञ्चालन गरेका छन् । ड्राई क्लिनका सञ्चालक बिपीन देवकोटाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ घोराही रोड बिद्युत अफिसदेखि दक्षिण तर्फ गोरखा स्कुल जाने बाटो नजिकै सञ्चालनमा रहेको छ ।
सुपथ शुल्कमा ड्राईक्लिनमा कोट, पाईन्ट, सर्ट, लेडिज सुट, साडी, ब्लाईकेट, फाईवर सिरक, होटल, होस्टल, हस्पीटल, गाडीका सिटक कभर लगायतका कपडाहरु धुलाई गर्ने गरिएको छ । स्टीम आईरन र कपडाहरुमा कलर पनि गर्ने गरिएको छ । लेदर ज्याकेटमा स्प्रे समेत गर्ने गरिएको देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस