६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको छ । सो अवसरमा बिरेन्द्र चोक स्थित माक्स नलगाएका सर्बसाधारणहरुलाई प्रहरी लगाएत बिभिन्न संघ संस्थाका पदाघिकारीहरुले माक्स बितरण गरेका छन ।
कोरोना संक्रमण केहि कम भएको भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान सञ्चालनमा ल्याएको हो । प्रहरी दिवसलाई लक्ष्ति गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा कार्याक्रम सञ्चालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक मुकुन्द राज आचार्यले जानकारी दिनुभयो ।
सर्बसाधारणलाई माक्स बितरण गर्दै उहाँले कोरोनाको संक्रमणबाट बाच्न माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोनाबाट बचौँ कोरोनाले कसैलाई पनि चिन्दैन कोरोनाले न त बुढो भन्छ न त जवान नै भन्छ भन्दै उहाँले सर्बसाधारणहरुलाई माक्स लगाउन प्ररित गर्नुभएको थियो ।
तपाईको माक्स खोई अभियानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक मुकुन्द राज आचार्य, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रशाद चालिसे, उपाध्यक्ष ललित जंग शाही, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्का, ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमिक्त कार्यालय प्रमुख प्रहरी निरिक्षक रन्जन स्वा्र, टाफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण पुजारा, लगाएत प्रहरी, ट्राफिक प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रहरी दिवसलाई प्रत्येक बर्ष नेपाल प्रहरीले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ ।