बाढि प्रभाबितहरुलाई जिल्ला प्रशासनको सहयोग

जिल्ला प्रशासन कार्यालय दाङले पश्चिम दाङका बाढि प्रभाबित र अबिरल बर्षाका कारण घर भत्किएकाहरुलाई राहत प्रदान गरेको छ ।
आज बुधवार ईलाका प्रशासन कार्यालय तुलसीपुरको नियमित सेवा प्रबाह अन्तर्गतको कार्यक्रम अनुसार पिडितहरुलाई करिब ८ लाख रुपैया प्रदान गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनभयो ।
स्थानिय सरकार प्रमुख ,पत्रकार महासघ दाङ र सामाजिक सघ सस्थाहरुको रोहबरमा करिब आठलाख रुपैया प्रदान गरिएको थियो |
बुधबार जिल्ला बिपद ब्यबस्थापन समितिले एक कार्यक्रमका बिच पश्चिम दाङका १४ घरपरिवारलाई रकम हस्तान्तरण गरेको परियोजना प्रमुख बिश्वप्रकाश अर्यालले जानकारी दिनुभयो |
उहाका अनुसार घोराहि,लमहि र जिल्लाका अन्य स्थानमा पुगेर राहत बितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।
बुधवार अमृता घर्ति र सन्तोष घर्तिका परिवारलाई तिन लाख,शान्तिनगर ४ का बामे बिक र बामदेब देबकोटाका परिवारलाई दुईलाख राहत बितरण गरिएको थियो ।
त्यस्तै स्थानिय जानकि चौधरि,राधिका गन्दर्भ,पन्चकलि घर्ति,बिक्रम बिक,पिमा बस्नेत,सन्तोष घर्ति र चन्द्रलाल चौधरिलाई जनहि १५ देखि २० हजार राहत स्वरुपको रकम प्रदान गरिएको थियो ।
सो अबसरमा ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढा,वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण राना,तुलसीपुर उधोग बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसे ,पुर्ब अध्यक्ष बिमल रिजाल, महासचिब बिनिल केसि,पत्रकार महासघ दाङका कोषाध्यक्ष शरद रेग्मी,कोरोना बिशेष अस्पताल बेलझुण्डिका ब्यबस्थापक दोर्ण वलि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस