अवधेसको नयाँ राजनीतिक मोड,एकीकृत समाजवादी – “कदर नहुने ठाउँमा रहनुको के औचित्य ”

काठमाडौ । सरकारले दल बिभाजन अध्यादेश जारी गरेसंगै माधवकुमार नेपाल नेतृत्वले निकास पायो । एमालेबाट फुटेर नेता नेपाल नेतृत्वले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गर्यो ।

नेता नेपाल पक्षधर नेकपा एकीकृत तर्फ सोझिए । नेपाल पक्षमै रहदै आएका केहि दोस्रो धारका शिर्ष नेताहरु भने एमाले अध्यक्ष केपि शर्मा ओलिसङ्ग १० बुदे सहमति गर्दै सस्थापन पक्षमै रहन पुगे ।

 

अन्तिम समयमा आएर यसरी नेता नेपाललाई धोका दिएका नेताहरुमा भिम रावल,योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे लगायतका शिर्ष नेताहरु हुन् । उनीहरु भने नेता नेपाललाई सस्थापन पक्षमा फर्काउन कोशिस गर्दै आएको बताउदै आएका थिए ।

तर यता भित्र भित्रै राजनीतिले नयाँ मोड लिइसकेको थियो । नेता नेपाललाई सुरु देखि नै साथ दिदै आएकी नेतृ रामकुमारी झाक्रीले नेता नेपाललाई हातै समाएर निर्वाचन आयोग पुर्याए पछि त झन अर्कै मोड लियो । निर्वाचन आयोगले समेत दलको मान्यता दिएपछी कहाँको सस्थापन पक्षमा फर्किनु ।

अध्यक्षको हैसियतमा पुगे पछि नेता नेपाल आफुलाइ बलियो प्रतिद्वन्दीको रुपमा स्थापित गराउन तर्फ अग्रसर बन्दै गए । सुरु भयो रसलिला, तिनै नेपाललाई सस्थापन तर्फ फर्काउन खोजेका नेताहरु नेता नेपालकै खुलेआम टीका टिप्पणी गर्न थाले । जे होस् दोहोरी चल्यो । दुबै बिच झन् झन् । यसको प्रत्यक्ष असर केन्द्रमा मात्र नभई प्रदेशमा पनि पर्यो ।

एमाले नेता भिम रावल इन्चार्ज भएको सुदूरपश्चिम प्रदेशमा सांसद संख्याको आधारमा नेकपा एकीकृत समाजवादी ठूलो दलको हैसियतले उभियो ।यसको प्रत्यक्ष धक्का नेता रावललाई पर्यो । यता प्रदेश २ मा पनि समाजवादी बलियो बनिसकेको छ । पार्टी अध्यक्ष नेपाल ले दावी नै गरिसके यी दुई प्रदेश मा आफू बलियो रहेको ।

यस्तै नेपाल नेतृत्वको पार्टीले बागमती प्रदेशमा समेत आफ्नो पकड जमाएको छ ।

केही समय अघि मात्र मुख्यमन्त्रीमा नियुक्त भएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परिसकेको छ । प्रदेशमा नेकपा समाजवादीले मुख्यमन्त्रीमा दावी गरिसकेको छ । समाजवादीले छिट्टै सरकारमा सहभागी हुने समेत बताउदै आएको छ । यति बेला समाजवादीका नेता तथा कार्यकर्तालाई संगठन बिस्तार,पार्टी प्रवेश लगायतका काम मा निकै दौडधुप छ ।

यस्तै विभिन्न समाजवादी निकट संगठन बिस्तार गर्ने क्रममा नेपालीहरुको रोजगारीको गन्तव्य देश द. कोरियामा पनि एकीकृत समाजवादीको संगठन बिस्तार गरिएको छ । संगठनमा लामो समयदेखी एमालेको समर्थन गर्दै आएका थुप्रै समर्थकहरुको झुन्ड नै एकीकृतमा रुपान्तरण भएको छ ।

द.कोरिया मा लामो समयदेखि रहदै आएका युवा नेता अवदेशराज चौरसिया पनि एकीकृत मै रूपान्तरित भएकाछन ।

लामो समय देखि एमालेलाई समर्थन जनाउदै प्रतिपक्षीको खुलएरै बिरोध गर्दै आएका चौरसिया पनि अन्ततः समाजवादी मै आइपुगे । किन समाजवादी तर्फ ? उनी भन्छन् , ” आफुले मात्र मरिहत्ते गरेर नहुने रहेछ ।” कोरियामा रहदा एमाले निकट नेतृत्वपङ्तीले साथ नदिएको उनको गुनासो छ । “खुलेरै समर्थन गरे मैले तर खै त मैले के पाए” , उनी भन्छन् ,”पाए त मैले अपजस मात्र । मैले गरेको त्यागको कदर हुनु पर्दैन ?” पार्टीको साख जोगाउन हर प्रयास गर्दा पनि त्यस्को उचित मुल्यांकन नहुदा एकीकृत समाजवादी तर्फ मोडिएको उनी बताउछन् ।

” अह! मैले कहिले साथ पाइन,अभिभावक्त पाउनु पाउनु पर्नेमा सधै मैले मेरै जरा मात्रै काटाउनु पर्ने?” उनी भन्छन् ,”अनन्त: निरंकुशता प्रवृत्ति हावी भएको प्रती कति ज्यान फाल्नु,कति रगत पसिना बगाउनु !!” दक्षिण कोरियामा एमाले निकट प्रवासी नेपाली मञ्चका आन्सान कमिटी सचीव अवदेशराज चौरासिया नेकपा एकीकृत समाजवादीको प्रवास कमिटी “प्रवासी नेपाली एकता मञ्च” प्रवेश गरेका छन ।

लामो समय देखि कोरियामा कार्यरत चौरासिया NRNA द.कोरियाका पुर्व केन्द्रिय सदस्य समेत रहेका थिए उनलाई हाल प्रवासी नेपाली एकता मञ्च प्रवास संगठनको संचिवको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस