एकतर्फी माया (भाग २)

काठमाडौं । “को हौ त्यो एकजना ? भन न , कुरा निकाली हालेउ ?” उसले ढिपि गर्न थाली ।

त्यो अरु कोहि नभएर आफू नै हो भनीहालेको भए पनि सायद उ बिश्वास गर्दिन थिइ होलि । मेरो कुरालाई सरासर मजाक मान्थीई होलि । मैले त्यो बिषयलाई त्यो भन्दा थप अगाडि लान चाहिन ।

“अनि कति खेर सुत्छौ ? निन्द्रा लागेको छैन ?” मैले सोधे ।

यो मेरो प्रश्न भन्दा नि कुराकानी अन्त्य गर्ने बहाना थियो । उ प्रती माया त कति थियो थियो , तर उ संग केही हद सम्म रिस नि उठीरहेको थियो । रिस यो कारणले उठेको थियो कि उसले मलाई अचानक भुलेकी थिइ । म बाट अचानक टाढीएकि थिइ ।

“तिमिलाई निन्द्रा लागे जस्तो छ , सुत्दा हुन्छ । बाई , गुड नाईट ।” उसको आवाजमा क्रोध मिसिएको थियो ।

“हस बाई , गुड नाईट ।” फोन काट है भन्दै मोबाईल सिरानी मुनि राखे ।

उठेर टेबलमा राखेको पानीको बोत्तल बाट दुई घुड्की पानी पिए । मस्तिष्कभरी उसको याद झल्झली आउन थाल्यो । कानमा उसको त्यो मिठो बोलि गुन्जिन थाल्यो । आँखा अगाडि उसको तस्बिरहरु नाच्न थाले । वरपर कताकता उ लुकेर मेरो चियोचर्चा गर्दैछे जस्तो महसुस हुन थाल्यो । टेबलमा राखेको पावरवाला चस्मा लगाए ।

ल्याप्टप खोले । एकपल्ट विगतमा जान मन लाग्यो । ल्याप्टपको लोकल डिस्क ई मा गएर पिक्चरस फोल्डर खोले । पिक्चरस फोल्डरभरी उसका तस्बिरहरु थिए । एकपल्ट पुराना यादहरु ताजा गर्न मन लाग्यो । फोल्डरको पहिलो तस्बिर खोले । त्यो तस्बिरसंग मेरा धेरै जसो यादहरु गाँसिएका थिए ।

दुई बर्ष अगाडि , कक्षा ११ मा हुदाको कुरा हो । पढाईमा अलि बढी नै रुचि भएता पनि म केही हद सम्म कमजोर नै थिए । एकाउन्टको ट्युसन क्लासको साहयता नलिई म खासै माथी उक्लिन्छु जस्तो लागेन । बेलुकी ४-५ अर्थात १ घन्टाको ट्युसन क्लास थियो ।

त्यो ट्युसनको पहिलो दिन थियो । म अलि चाँडै नै पुगेको थिए । ३-४ देखी को क्लास नसकिएकाले म बरन्डामा मोबाईल चलाउदै बसे । यसो समय हेरे ३:५० भएको थियो । एकाएक गर्दै विद्यार्थीको संख्या बढदै गयो । चिनेकाहरु पातलै नजर आउथे । तर कोहि बोल्दैन थिए । मैले बोलाउनु भन्दा अगाडि उनीहरु अरु कोहि संग नै घुलमिल हुन पुगिसकेका हुन्थे ।

नजर मोबाईलमा मात्रै केन्दृत थिएन , को जादैछ , को आउदैछ , को के गर्दैछन , कुन केटि राम्री छे , कुन केटिको ड्रेसअप कस्तो छ , सबै याद गर्दै थिए । एक्कासि मेरो नजर अलि पर बाटोमा हिडदै गरेकी एकजना केटि माथी पर्यो । अनुहार त्यती मज्जले देखिएन , चस्माको पावरले भ्याउदै भ्याएन । बसेको ठाउबाट जुरुक्क उठे , उ त्यतिन्जेल सम्म अलि ओर आईसकेकी थिइ । उ भन्दा पछाडी , अर्कि एकजना केटि दगुर्दै दगुर्दै आउदै थिइ । त्यो केटि दौडिएकाले पनि होला , मेरो नजर त्यहा ठोकिन पुगेको । म त्यो दृश्य एक डेगले हेर्न थाले । पछाडीकि केटि केही भनीरहेकी थिइ जस्तो लाग्यो ।

अचानक त्यो अगाडिको केटि रोकिइ । दुवै जना त्यही उभिएर केही बेर कुराकानी गरे । फेरि संगसंगै अघि बढे । उनिहरु ट्युसन सेन्टरको ग्राउन्ड फ्लोरमा आईपुगिसकेका थिए । त्यो अगाडिकी केटिले मास्क लगाएकी रहिछे , अनुहार मज्जले नदेखिनुको कारण त्यो पो रहेछ । म भने बिनासित्ती आफ्नो चस्मामाथी दोष पोखिरहे ।

म निस्चित थिए , उनीहरु दुवै जना ट्युसन पढ्न नै आएका हुन । म फर्स्ट फ्लोरको बरन्डामा उभिएर उनीहरुको गतिविधि नियाल्दै थिए । एउटिलाई भने कता कता देखे देखे , चिने चिने जस्तो लाग्यो । अँ साच्चै उ त मेरो साथि रमेशको गर्ल्फ्रेन्ड थिइ , रन्जु । २ चोटि रमेशले मलाई लिएर उ संग भेट्न पनि गएको थियो । नदेखेको पनि निकै समय भैइसकेछ।

अनि अर्कि चाहिँ को रहिछे त ? मास्क हटाएको भए , कमसेकम चिनेको नचिनेको भनेर त ठम्याउथे । भित्रका क्लासहरु बाट बिद्यार्थीहरु लहरै , हो हल्ला सहित निस्कन थाले । घडि हेरे , ४:०५ भैइसकेको थियो । अब पढ्ने पालो थियो हाम्रो ग्रुपको , अर्थात कक्षा ११ को ।

कक्षा ११ को दुईवटा ग्रुप थिए , कुन ग्रुपमा गएर बसौ दोधारमा परे , २ नम्बरको क्लासमा छिरौ कि पर ६ नम्बरको ? एकचोटि फेरि ग्राउन्ड फ्लोरमा नजर पुर्याए , ती दुई जना अझै नि तलै थिए । क्लास सुरु हुन लागिसकेको थियो , अझै आउने चालै गरेका थिएनन । बोलाउ कि भने , फेरि कसरी बोलाउ ?

“बुनुहरु छिटो माथी आउ पढ्न , भरे घरमा गएर गफ गर्नु ।” एकजना दाइले उनीहरुलाई क्लास याटेन्द गर्न बोलाए ।

“भाइ चाहिँ यतै बसेर रमित हेर्ने हो कि क्या हो ? नपढ्ने ?” उनले यसपटक मलाई पनि सटाएर डाईलोग हाने ।

“पढ्ने , आज फर्स्ट दिन हो । कुन क्लास्मा गएर बस्नु ?”

“पख है एक्छिन ?” म त्यहा सोध्छु भन्दै कोठा नम्बर ६ मा छिरे । ती दुईवटि भर्याङबाट माथी आउदै थिए । उनीहरु नजिक आईसकेका थिए । उनीहरु तिर मात्रै ध्यान केन्द्रीत नहोस भन्ने हिसाबले हातमा मोबाईल लिएर चलाएको जस्तो गर्न थाले । बेला बेला आँखा उनीहरु तिर पनि लाउदै थिए ।

“त्यहा भोलिदेखि मलाई नपर्खी आईस भने , मर्छेस ।” रन्जु त्यो मास्क लगाउने केटिलाई भन्दै थिइ ।

“छ्या हौ , कस्ति खालकि यो त , चुप लागेर हिँड । मान्छेले सुन्दा नि के भन्छन ।” त्यो मास्क लगाउने केटि बोली ।

आहा ! कति मिठो आवाज । मास्कमा ठोकिएर आएको आवाज त त्यति मिठो थियो झन कतै नठाेकिइ आउने हो भने त्यो आवाजमा कति धेरै मिठास होला ? म अनुमान समेत लगाउन सक्दिन थिए । त्यो आवाज यति धेरै मनपर्यो कि त्यही बसेर सुनिरहु जस्तो । रेकर्ड गरेर आफ्नो मोबाईलको रिङ्टोन बनाउ जस्तो । जसरी कुनै कलाकारलाई वान्स मोर भन्दै गित अथवा नृत्य फेरि प्रस्तुत गर्न लगाउछन , म पनि उसलाई वान्स मोर भन्दै फेरि बोल्न लगाउ जस्तो । आफ्नो मोबाईल बाट नजर हटाउदा उनीहरु मेरो नजरमा आईपरेनन ।

मलाई त्यो आवाजसंग प्रेम भयो । मानिसहरुलाई शरीर संग प्रेम हुने गर्छ , आत्मा संग प्रेम हुने गर्छ तर यो कस्तो संयोग ? मलाइ उ संग भन्दा पनि ज्यादा उसको त्यो आवाजसंग प्रेम भयो ।

“ओ चस्मा लगाउने भाइ , यता आउ ,” कोठा नम्बर ६ को ढोकामा उभिएर उनले मलाई बोलाए । चस्मा लाउने भाइ भनेर बोलाएको मलाई पटक्कै मन परेन । के मेरो नाम छैन र ? ती त्यहाँ पढाउने सर थिए वा अरु नै कोहि थाहा थिएन । तर ती मान्छेको रवाफ मलाई पटक्कै मनपरेन ।
\
“अर्को कोठामा ठाउ रहेनछ , यसमै बस न त हुन्न ? उनले सोधे ।

क्रमश…….

( के त्यो केटिको आवाज सुन्ने मौका उसले फेरि पाउँछ होला त ? के उनीहरुको भेट फेरि होला त ? थप रहस्य जान्नको लागी भोलि बेलुका भाग ३ पढ्न नछुटाउनु होला ।)

(कहानीका पात्र , ठाउँ , घटना सबै काल्पनिक हुन । कसैको जिवनसंग मेल खान गएमा संयोग मात्र हुनेछ । )

प्रतिक्रिया दिनुहोस