संविधान दिवसको अवसरमा शनिबार साँझ दङ्गिशरणमा दिप प्रज्वल(फोटो फिचर)

दाङ । दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चाैधरीकाे प्रमुख आतिथ्यता तथा शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विनाेद अधिकारी , ग्रीण फाउन्डेसन अफ नेपाल दंगीशरण गाउँपालिकाकाे अध्यक्ष तथा समाजसेवी युवा नेता एम.एन शाहकाे विशिष्ट आतिथ्यतामा दंगीशरण गाउँपालिका युवा संजालकाे आयाेजनामा दिप प्रज्वलन गरी  संविधान दिवस २०७८ हेकुलीमा मनाईएकाे छ।

नेपालको नक्सा बनाएर मैनबत्ति बालेर संविधान दिवस मनाएका थिए । यस्तै, वडा कार्यालयहरुले पनि आफ्नो कार्यालय र चोकहरुमा दिप प्रज्वलन गरी दिप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा ३प्रदेश युवा संजालका सदस्य पारस खड्का, युवा संघ दंगीशरणका सचिव जेनिश कवर , पत्रकार अबिसेक डाँगी लगायतले बाेलेका थिए भने कार्यक्रम युवा संजालका सचिव अंकित आचार्यले संचालन गरेका थिए ।

संविधानसभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । सोही दिनलाई संविधान दिवसको रुपमा नेपालमा मनाउने गरिन्छ । यद्यपी, मधेशवादी दल तथा पहिचानवादी अभियानकर्मीहरुले भने यो संविधानलाई स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस