वैज्ञानिक विश्वकर्मा लाई बा बा विश्वकर्मा पुजा किन भनियो

प्रत्येक वर्षको आश्विन सक्रान्ती अर्थात आजको दिन हिन्दु कथन अनुसार भन्दै  सृष्टिकर्ता ब्रह्मा पुत्र बिश्वकर्मा भएको र विश्वकर्माको कला र सीप लाइ विशेष सम्मान गरी  भब्य पुजा आजाको साथ विषेश रुपले मनाइने दिन को रुपमा आजको दिनलाई मनाउने गरेका छन। कथन गरिएको छ द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले अनेक दुःख दिएपछि विश्वकर्माले कृष्ण लाई बचाउन समुद्रका बीचमा ठूलो दरबार र ‘भेद द्वारका’ बनाइ लुकाएको  भनी धार्मिक कथन गरिएता पनि यथार्थ भने फलाम र औजारको काम गर्ने सीप, कला र परिश्रमले पोख्त विश्वकर्मा नामक बैज्ञानिकका अगाडी भगवान श्रीकृष्ण पनि शरण परेको कथन पुष्ठि हुदा हुँदै  हाम्रो समाजका महामहिमहरु भने पाखन्डी सोच बाट टाढा रहन सकेका छैनन। विश्वकर्मापुजालाई लिएर तिनै पाखन्डी तत्वहरु भने यथार्थका पर्दा हरुलाई जबर्जस्ती अर्को नकाव भिराएर भ्रमको अनेक बीउ छर्दै बिस्वकर्मा भनेका ब्रह्मा पुत्र हुन भन्दै काल्पनिक पर्तिमाको सम्मान गर्दै बास्तबिक विश्वकर्माको धज्जी उडाउन लागेका छ्न। आफ्नै,परिश्रम, विवेक, कला र सीपबाट पोख्त भएर आत्मानिर्भर जीवन बाच्न सक्ने समुदायलाई वैश्य र सुद्र जस्ता निच उपमा दिदै अछुतको बिल्ला भिराएर  कम्जोर बनाई अवसर र स्वर्थ लुट्नको लागि संकृण सोचले ग्रस्त ब्राह्मणवादी चिन्तन बोकेका पाखन्डीहरु अझै यत्रतत्र  विद्द्यमान रहेको हुदा मान्छे भए पनि मान्छे भएर बाच्न नपाएका ती समुदायहरु अझै पिडा थिचोमिचो र उत्पीडनमै  परिरहेको छ्न।आजको दिन अछुत कालिगढको कला मुर्तीलाई भगवान सम्झेर धेरै ठाउमा पुजा हुँदै छ। तर ती कालिगढ सदियौ देखि अछुत हुदै आएको छ। सुन चादी पित्तल तामा जस्ता अनेकौ धातु पगालेर अनेक स्वारुपका औजार बनाएर त्यही औजारको प्रयोगले समृद्द जगत बनाउन सक्ने कला र बरदान पाएको कर्मयोगी समुदाय शुद्र र अछुत होइनन। मनव भित्र दानवता बोकेर  धर्मिक र समाजिक भ्रम छर्दै अरुलाइ शोषण दमन गरि बाच्न पल्केका पशुत्व गुण र पाखन्डी चिन्तन भएका हरुले दबदबीका कारण कुकुर पुजेर मान्छे तिरस्कार गर्न थालिएको हो। भाइ मारेर गाई बचाउन थालिएको हो। सबैको आस्था अनुसार इस्वर बस्ने घरलाई मन्दिर भनिन्छ। हेरेक मन्दिरहरुमा राखिएको गजुर , त्रिसुल,घन्टा आदि इत्यादी धातुजन्य समग्री सबै विश्वकर्माका सन्तती अछुतले बनाएका हुन्छ्न। सुद्द कपडाका ध्वाजा र टालाहरु पनि अछुतको सृजना हरु हुन। र फेरि मन्दिर छिर्न र भगवान् पुज्न ती समुदायलाई बन्चित? भन इस्वर दहिना तिम्रा छन कि ती समुदायका? दलित भन्दै मन्दिर भित्रको ईस्वर पुज्न नदिएर मन्दिर भित्र पस्न वन्चित गरेर अन्याय र अत्याचार गरेको हौ। धर्म र पापको लेखा जोखा हुन्छ भने बैंकुन्ठ हैन तिमिहरुको बाँस नर्ककुन्डमा होस। यदि धार्मिकताको खोजी र स्वर्गको भागिदार बन्नु छ भने आज तिमिहरुको लागि विशेष दिन हो। तिमिहरुले देख्ने अछुतको खुट्टा र हातले चेपेर छिनो घन बछिला रामो जस्ता औजारले खोपी खोपी बनाको मुर्ती हैन ती सीप र कलाले पोख्त कर्मनिस्ठ अछुतको अगाडि झुक्न आउ उस्लाइ सम्मान गर लुटेर शोषण गरेर खाने सोच बदल। म ठूलो जात भनेर घमण्डी नबन। तिम्रो जन्म कुण्डली देखि मृत्युशैया सम्म यी नै कर्मनिष्ट अछुतको योग्दान, त्याग, समर्पण र प्रतिभाकै चगुल भित्र  तिम्रो इहलिला समाप्त हुन्छ।

मन्दिर मा गइ के इस्वर खोज्छौ पहिले तिम्रो बानी सुधार। चेतना भया !

प्रतिक्रिया दिनुहोस