मौलिक हक कार्यान्वयनका लागि स्थानीय सरकारलाई ध्यानार्कषण

कोभिड १९ का बिरुद्ध सबैलाई खोप,मानव अधिकारको सुनिश्चीतको माग गर्दै मानव अधिकार तथा शान्ति समाज दाङले स्थानीय तह र प्रमुख जिल्ला अधिकारीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपालको संबिधान २०७२ को ३०, ३१, ३५, ३७ र ४४ धारालाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र स्थानीय सरकारसँग माग गरेको छ । स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाँउने हकको ब्यबस्था, शिक्षा सम्बन्धि हकको ब्यबस्था,स्वास्थ्यको हकको ब्यबस्था , सुरक्षित आवास सम्बन्धि हक र उपभोक्ताको हकको ब्यबस्था कार्यान्वयन गर्न माग गरेको छ ।
कोभिड १९ बाट सुरक्षित हुन सबै नगारिकलाई ब्यबस्थीत रुपमा खोप उपलब्ध गराउनुको साथै कोभिड परिक्षणको दायार बढाउन, कोभिडको तेस्रो लहरबाट वालवालिका तथा जेष्ठ नागरिकहरु बढी प्रभाबित हुुने प्रक्षेपणको आधारमा हुन सक्ने संक्रमण र संक्रमितहरुको भर्ना तथा उपचारका लागि आबश्यक तयारी गर्न,स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउर्दै वालबालिकाको पहँच गराई शैक्षिक संघ संस्थामा गतिबिधि सञ्चालन गर्न,बिपत्तबाट प्रभाबित नागरिकलाई सुरक्षित रुपमा पुर्नस्थापना र राहत उपलब्ध गराउन,बिपत्त हुन सक्ने संभाबित क्षेत्रको पहिचान गरि ती नागरिकलाई सुरक्षित आवासमा ध्यान,बस्तु तथा सेवाको मूल्यमा एकरुपता,गुणस्तरीय उपभोग्य बस्तु र गुणस्तरीय सेवा लगायत नागरिकको मौलिक हकको कार्यान्वयनका लागि माग गरिएको छ ।
शान्ति समाजले सोमबार बंङगलाचुली गाँउपालिका उपाध्यक्ष यमुना थापा घर्तीमगर,शान्तिनगर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगी,बबई गाँउपालिका उपाध्यक्ष साबीत्रा बिश्वकर्मा,दंगिशरण गाँउपालिका प्रशासन शाखाका नमूना खड्का र मंगलबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
यसअघि गत भदौ ५ गते दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ,घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी,लममही नगरपालिकाका उपप्रमुख देवकी बेल्बासे,राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, गढवा गाँउपालिका अध्यक्ष सहजराम यादव र राजपुर गाँउपालिका उपाध्यक्ष धनपती यादवलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको थियो ।
ध्यानाकर्षण बुझदै कोभिड १९ बिरुद्ध स्थानीय प्रशासन र स्थानीय सरकार तयारी अबस्थामा रहेको जानकारी गराउनुभएको थियो ।
ध्यानाकर्षण पत्र बुझाउन शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनार,संबाद समूहका बरिष्ठ सहजकर्ता एबव शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,संबाद समूहका सदस्य एव शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,शाखा सचिव निर्मला डिसी,सह सचिव उषा गौतम,कोषाध्यक्ष कोमल डिसी,सदस्य माधव बस्नेत,पत्रकार दिपक डाङी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस