नगर अधिवेशनको सरगर्मि, हमालको सम्पर्क कार्यालय स्थापना

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।

यही अशोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ ।

अधिवेशनबाट नेतृत्व लिन तुलसीपुर उपमहानगरपालिकामा आकांक्षीहरू मध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी सुरेश हमाललाई ऐतिहासिक अबसर प्राप्त भयको छ ।
हमालको तुलसीपुर ५ स्थित कृष्ण टोल रौनियार मेडिकलको पुर्बतर्फ एक कार्यक्रमका बिच सम्पर्क कार्यालय स्थापना गरिएको पत्रकार शरद रेग्मीले जानकारी दिनुभयो !

कांग्रेस दीर्घामा चर्चा सुनिए अनुसार सुरेश हमाललाई दीपक गिरी, डिल्लिबहादुर चौधरि, बुद्दिराम भण्डारि लगायतका नेता र बर्तमान पार्टि सभापतिको समर्थनको नेतृत्वका रूपमा लिइन्छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा कांग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकांक्षी हुन् । हमाल राप्ती बबई क्याम्पसमा २०५५ सालमा नेविसंघको तर्फबाट चुनाव लडेर स्ववियु कोषाध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् ।

युवामाझ निकै लोकप्रिय हमालको हाल विभिन्न क्षेत्रमा लगानी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघमा पनि केन्द्रीय उपमहासचिव तथा हाल सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक संघसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलता पूर्वक काम गरीसकेका छन् ।
लायन्स क्लव, रोटरी क्लव तथा तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान सल्लाहकारका रूपमा समेत रहेका हमाललाई राजनीति सँगै सामाजिक अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ । स्रोतका अनुसार हमाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाइमन्त्री दीपक गिरीको तर्फबाट तुलसीपुर नगर सभापतिका एक्ला उम्मेद्वार हुन् ।
यता नेपालिकांग्रेस दाङका सचिब शकर डागिले एक बिज्ञप्ति जारि गरि सम्पुर्ण नेता कार्यकर्ताहरुलाई सम्पर्क कार्यालयमा भेटघाट र समन्वय गर्न आब्हान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस