सुनसरीमा वडाध्यक्षलाई धम्की दिएर फिरौती माग्ने युवक पक्राउ

इटहरी – इटहरीका वडाध्यक्षलाई धम्की दिने युवा पक्राउ परेका छन् । सुनसरीको इटहरी–१९ का वडाध्यक्ष नारायण चौधरीलाई धम्की दिई २० लाख रुपैयाँ माग्ने युवा पक्राउ परेका हुन् । झापा दमक नगरपालिका वडा नं.१ बस्ने वर्ष २४ को पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हाे ।

वडाध्यक्षलाई अपरिचित ब्यक्तिले फोन गरी गाली गौलज, धम्की दिई नगद २० लाख रुपैयाँ मागेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे छ । इलाका प्रहरी कार्यालय इटहरीबाट मुलुकी अपराध (संहिता) ऐन–२०७४ बमोजिम ‘अभद्र व्यवहार’ शीर्षकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सात दिनको म्याद लिई कानुनी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस