थारु समुदायहरुको अट्वारी हर्षेल्लासका साथ मनाउदै

थारु समुदायहरुको महत्वपुर्ण पर्व अट्वारी हर्षेल्लासका साथ मनाउदैछन् । अघिल्लो दिन चेलीहरुलाई अग्रासन दिनका लागी उपहारहरु किनमेल गर्ने र दर खाने प्रचलन छ ।विशेषगरी दाङ,बाँके,बर्दिया,कैलाली,सुर्खेत,कपिलवस्तुका थारु समुदायले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन । अट्वारी पर्वको अघिल्लो दिन घर–घरमा मिठा परिकार बनाउनलाई सामाग्री जुटाउँने देखि दिदीबहिनीहरुको लागि नदि,खोलाहरुमा माछाको जोह गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस