शान्तिनगरमा महिला तथा किशोरीहरु लाई आत्मरक्षा तालिम

दाङ ! महिला तथा किशोरीहरु लाई आत्मरक्षा सम्बन्धी तालिम आज आईतवार देखि शान्तिनगर गाउँपालिका को जुम्लेकुला मा सुरु भएको छ !

सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्था ले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा संचालित तालिम दुई दिन सम्म चल्नेछ !

किशोरीहरु लाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उदेश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफू ले कसरी पहिचान गर्ने?,हिंसा का किसिमहरु के के हुन?आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईनेछ !

गाउँपालिका स्तरका सबै वडा बाट महिला तथा किशोरी गरि २५ जना को सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहनु भएको छ !

यसैबिच तालिमको उद्घाटन समाजमा वाताबरणिय शिक्षाको बिकास सिड सस्था अध्यक्ष भागी राम चौधरीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा न ४ का अध्यक्ष धन बहादुर केसि को प्रमुख आतिथ्यमा भएको थियो !

तालिम उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष केसि ले आत्म रक्षा कला महिला तथा किशोरी का लागि मात्र नभएर आम नागरिक को रक्षामा महत्त्वपूर्ण भएको बताउनु भएको छ !
आफू संग भएको सिप,स्रोत र साधनको प्रयोगमा आफ्नो रक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला हो सिकेको सीप लाई व्यवहार तहमा लागू गर्न र सबैमा यसको महत्त्व लाई बुझाउन आवश्यक रहेको उहाँको भनाई थियो ! सोमबार सम्म संचालन हुने तालिम बारे संस्थाकी बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिस्ट ले प्रकाश पार्नु भएको थियो ! समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाकी सहजकर्ता सिवा कवर को स्वागत रहेको कार्यक्रम को संचालन संस्थाकी सामाजिक परिचालक शारदा बस्नेत ले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस