११ नम्बर वडामा कांग्रेसको दुई समुह चुनावि रस्सा कस्सिमा ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक सुरुवात भईसकेको छ । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनमा वडा अधिवेशन आजबाट सुरु भएको हो । वडा अधिवेशन केहि जिल्लामा भने तयारी नपुगेको हुदा केहि पर सरेको छ ।
यता दाङमा पनि वडा अधिबेशन भदौ २१ गते हुने भएको छ । अधिबेशनको मिति नजिकिएसगै चुनावि माहोल तात्तीदा भेटघाट तथा प्रचार प्रसारले तिव्रता पाएका छन । नेताहरु चुनावि प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।

सवै वडामा चुनावि गतिविधी बढ्दै जादा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा पनि नेतृत्वको लागी निकै रस्साकस्की सुरु हुन थालेको छ । उक्त वडामा खास गरि दुई वटा समुहले प्रचार प्रसारलाई यतीवेला ब्यापक बनाएका छन ।
वडाबाट प्रतिनिधित्व गर्ने तुलसीपुरकै प्रतिष्ठित उद्योगपति डिल्लीबहादुर बस्नेत र संविधान सभाका सदस्य बुद्धिराम भण्डारीको अलग/अलग गुट खडा भएको छ । उनिहरु आँफु पक्षधरलाई निर्वाचित गराउन घर दैलोमा पुगेका छन ।

भण्डारीको समुहले वडा सभापतिको उम्मेदवार जसपुरका हेमबहादुर वलीलाई बनाएको छ । त्यस्तै बस्नेतको समुहले मोतिपुरका तिर्थबहादुर बस्नेत (महेन्द्र) लाई उम्मेदवार बनाएको छ । श्रोतका अनुसार हेमबहादुर लाई कांग्रेसका केन्द्रीय सदस्य पुर्ब सिचाई मन्न्त्री दिपक गिरी र लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकाश मन्त्री डिल्ली बहादुर चौधरीको ,सबिधान सभा सदस्य बुद्दिराम भण्डारि,
को साथ रहेको छ ।
त्यसैगरी रमेशबहादुर भण्डारी, निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली, होमप्रकाश गौतम, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष धुर्व आचार्य, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रमेश मल्ल, वडा सदस्य सुवास डाँगी लगायत खुलेरै आफ्नो पक्षलाई बिजयि बनाउन तयारिमा जुटेका छन ।

यस्तै तिर्थ बहादुरलाई भने गेहेन्द्र गिरीको मात्रै साथ रहेको श्रोतले बताएको छ । यो समुहमा वडाध्यक्ष चित्रबहादुर वली, नेपाली काँग्रेसका पूर्व वडा इकाई सभापति अर्जुनबहादुर केसी, लगाएका नेताहरुको साथ रहेको छ । ११ नम्बर वडामा केन्द्रिय नेताहरु दिपक गिरी र डिल्ली बहादुर चौधरी,र बुद्दिराम भण्डारिको बलियो पकड भएको हुदा वडा सभापतीमा हेमबहादुर वलिले निर्बाचन जित्ने लगभग निष्चित भैसकेको स्थानिय पुराना नेताहरुले आकलन गरेका छन ।

प्रतिक्रिया दिनुहोस