नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबार देखि औपचारिक रुपमा प्रारम्भ भएको छ ।
यस पटकको निर्बाचनमा लोकतान्त्रिक पक्षधरका पत्रकारहरुको समेत बाक्लो उपस्थिति देख्न सकिन्छ ।
यता
जिल्ला देखि केन्द्र सम्म सबैका लोकप्रिय युवा पत्रकार, रिपोटर्स क्लब दागंका अध्यक्ष शरद रेग्मीलाई पनि यस पटक नेपालि काग्रेस पार्टिले आफ्नो आन्तरिक निर्बाचनमा क्षेत्रिय प्रतिनिधि पदमा उम्मेदवार बनाएको छ ।
रेग्मी स्थानिय देखि केन्द्रिय सन्चार माध्ययममा आबद्द रहेर डेढ दशक देखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ ।
नेपालि काग्रेको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको तिन कार्यकाल पदाधिकारि भएर सफलता पुर्बक काम गरिसक्नु भएको छ भने रेग्मी रिपोटर्स क्लब दाग, रेडियो सन्जिवनि ,एभिन्युज टेलिभिजन लगायतका संचार माध्यममा आबद्द हुनुहुन्छ ।
२०६४ सालमा नेपालि कांग्रेसको सक्रिय सदस्यता प्राप्त गर्नु भएका रेग्मीले १४ औ महाधिबेशनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बाट क्षेत्रिय प्रतिनिधिको रुपमा उम्मेदवारि दिनुभएको छ ।
सबै तह र तप्का सगं राम्रो सम्बन्ध स्थापित गर्न सिपालु पत्रकार शरद रेग्मी बलियो र लोकप्रिय उम्मेदवारको रुपमा परिचित हुनु हुन्छ ।
उहाले आफ्नो उम्मेदवारि घोषणा गरे सगै समाजिक सन्जालमा यस्तो आलेख सम्त पोष्ट गर्नुभएको थियो ।
“वडा तहदेखि नै पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् बनाउदै आपसी एकता र विश्वासमा आधारित नेपाली कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्नेछ। “
“लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नु पर्नेछ । “पार्टी, लोकतन्त्र र सिंगो राष्ट्रको वहु-आयामिक भविष्य निर्माणको जगमा उभिएका तमाम कृयाशील साथीहरूको सुझबुझपूर्ण निणर्य प्रति म पूर्ण विश्वस्त छु र वडा अधिवेशनको सम्पूर्ण सफलताको शुभकामना दिन चाहन्छु ।