दङ्गिशरणमा दुईदिने आत्मरक्षा तालिम सम्पन्न

दाङ ! दङ्गिशरण गाउँपालिका को हेकुलीमा संचालित महिला तथा किशोरीहरु का लागि आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम आज सनिवार सम्पन्न भएको छ !

सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्था ले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा महिला तथा किशोरीहरु लाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उदेश्यका साथ तालिमको आयोजना गरिएको थियो !

दुई दिन सम्म संचालित तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफू ले कसरी पहिचान गर्ने,हिंसा का किसिमहरु के के हुन,आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईएको थियो !

गाउँपालिका स्तरका सबै वडा बाट महिला तथा किशोरी गरि ३० जना को सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहनु भएको थियो !

समाजमा वातावरणिय शिक्षाको बिकास सिड संस्था द्वारा संचालित बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्ट को अध्यक्षतामा भएको तालिम समापन समारोहमा सहभागीहरुले तालिम ले आफुहरुमा उच्च आत्मबल बढेको बताएका थिए !

एक्लै हिडडुल गर्दा डराउथ्यौ अहिले उच्च मनोबलका साथ आफू माथी घट्न सक्ने घटनामा थोरै भए पनि प्रतिकार गर्न र संभावित हिंसाका प्रकृतिको पहिचान गर्न सक्ने भएको उनिहरुको भनाई थियो !

सो अबसरमा बोल्ने बक्ताहरु ले आत्मरक्षा तालिममा सिकेका सीप लाई ब्यबहारिक रुपमा लागू गर्नु पर्ने कुरामा जोड दिएका थिए !
कार्यक्रममा प्रशिक्षक लक्ष्मण बस्नेत,सरिता चौधरी,ललिता वलि,करुणा न्यौपाने,बिस्णु खड्का लगाएतले बोल्नु भएको थियो ! यसैबिच सोही अबसरमा पुर्णिमा भण्डारी संयोजक रहेको २१ सदस्यीय दङ्गिशरण गाउँपालिका स्तरिय किशोरी समूह गठन समेत गरिएको छ !

कार्यक्रमको संचालन समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाकी सामाजिक परिचालक सीता चौधरी ले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस