दङ्गिशरणमा महिला तथा किशोरीहरु लाई आत्मरक्षा तालिम

दाङ । महिला तथा किशोरीहरु लाई आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम आज शुक्रबार देखि दङ्गिशरण गाउँपालिका को हेकुलीमा सुरु भएको छ !

सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्था ले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा संचालित तालिम दुई दिन सम्म चल्नेछ !

किशोरीहरु लाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उदेश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफू ले कसरी पहिचान गर्ने?,हिंसा का किसिमहरु के के हुन?आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईनेछ !

गाउँपालिका स्तरका सबै वडा बाट महिला तथा किशोरी गरि ३० जना को सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहनु भएको छ !

यसैबिच तालिमको उद्घाटन बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्ट को अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका वडा न ७ का अध्यक्ष वीर बहादुर वलिको प्रमुख आतिथ्य मा भएको थियो !

तालिम उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी वलि ले आत्म रक्षा कला महिला तथा किशोरी का लागि मात्र नभएर आम नागरिक को रक्षामा महत्त्वपूर्ण भएको बताउनु भएको छ !
न कुनै हतियार न कुनै रक्तपात केवल आफू संग भएको सिप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्त्व लाई सबैले बुझ्नु पर्ने उहाँको भनाई थियो !

सो अबसरमा दङ्गिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी,गाउँपालिका का न्यायीक समिती उजुरी प्रशासक यादव डागी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ! कार्यक्रमको संचालन समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाकी सामाजिक परिचालक सीता चौधरी ले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस