अझै केही दिन पानी पर्ने

मनसुनी वायुको प्रभावले नेपालमा केही दिन अझै पानी पर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु–भागभन्दा केही तल रहेको छ ।

त्यसको प्रभाव देशैभरि परेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानदेखि मुग्लिन–नारायणघाट सडक अवरूद्ध छ भने पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा पनि पहिरो खसेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम केही दिन जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस