माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो २ बजेका लागी बैठक आह्वान गर्नुभएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने उहाँले बताउनुभयो ।

यसअघि नेकपा माओवादी केन्द्रले पार्टी विधान बनाएको छ । उक्त विधान आगामी पुसमा हुने सम्मेलनबाट परिमार्जनसहित पारित गर्ने माओवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस