अमेरिकामा आँधीमा परी ३ नेपालीको मृत्य

काठमाडौं । अमेरिकामा आएको समुन्द्री आँधीमा परी ३ जना नेपालीको मृत्यु भएको छ ।

आइडा नामक आँधीबाट कम्तीमा हाल सम्म ४१ जनाको मृत्यु भएको छ । समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ ।

न्यूजर्सीमा २३ जना, न्यूयोर्कमा १४ जना, पेन्सलभेनियामा ३ जना र कनेटिकटमा एकजनाको मृत्यु भएकोअधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आधिका कारण न्युयोर्कमा एकै परिवारका तीन जनाको नेपालीको मृत्यु भएको एभरेस्ट टाइम्सले समाचार प्रकाशन गरेको छ ।

उक्त आधीँमा परी सोलुखुम्बु जुनबेसीका ४९ वर्षे आङगेलु लामा, उनकी श्रीमती मिङ्मा याङजी र उनीहरुका १९ महिने छोराको मृत्यु भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस