टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा पहिलो खेलमै पराजित

काठमाडौं । जापानमा भईरहेको टोकियो पाराओलम्पिक २०२० मा सहभागी तोक्वान्दोकी नेपाली खेलाडी पलेशा गोबर्ध्दनले पहिलो खेलमै हार ब्यहोरेकी छिन् ।

आज बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् । पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् । ५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१–८ अन्तरले पराजित भइन् ।

पहिलो राउण्डमा पलेशा ६–२ र दोस्रो राउण्डमा ८–२ ले पछि परेकी हुन् । तेस्रो राउण्डमा केही सुधार गरेपनि ७–४ ले पछि परेपछि पलेशाले हार बेहोर्न पुगेकी हुन् । पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् । उनको तौलसमूहको फाइनल पनि आजै हुनेछ ।

पारातेक्वान्दोको यो तौलसमूहमा ११ खेलाडी समावेश छन् । पलेशा नेपालबाट सहभागी एक मात्र तेक्वान्दोकी खेलाडी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस