काठमाडौ । एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ ।
सामाजीक संजाल मार्फत उपाध्यक्ष रावलले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताउनुभएको हो।
https://twitter.com/BhimRawal179/status/1433455778187284489
अर्को साता एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने कार्यक्रम तय भएको छ । सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आउनुभएका रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर प्रधानमन्त्री देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको आरोप लगाउनुभएको छ ।