एकताका लागी वामदेवका ४ सर्त

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एकताका लागी चार सर्त राख्नुभएको छ ।

उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष नेपालसँग जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राख्नुभएको हो । जनवादलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग आफ्ना सर्तहरु राख्नुभएको छ ।

अध्यक्ष नेपाल पनि गौतमको सर्तबारे सकारात्मक भएको एक नेताले जानकारी दिनुभयो । गौतम र अध्यक्ष नेपालबीच हिजो भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त राख्नुभएको हो ।

सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमले संकेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस