गुट र विभाजनको स्थायी चरित्र हटाउनुपर्नेछ : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त १ नम्बरको पार्टी बनाउने जिम्मेवारी रहेको जनाउनुभएको छ ।

आज एक अपिल जारी गर्दै नेता कोइरालाले पार्टीभित्र रहेको गुट र विभाजनको स्थायी चरित्र हटाउनुपर्ने बताउनुभएको हो । अपिल मार्फत उहाँले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कारलाई हटाउन नसकेका कारण आम निर्वाचनमा कम्युनिस्टभन्दा कमजोर हुन पुगेका बताउनुभयो ।

पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खनसमय नभएको समेत उहाँले जिकिर गर्नुभयो । पार्टीको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजै देखि हुदैछ ।

प्रतिक्रिया दिनुहोस