विवेकशील साझा पार्टी फुटको नजिक

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै समयमा केन्द्रीय समितिको समानान्तर बैठक बोलाउनुभएको छ ।

आज पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले बैठक बिहिबार दिउँसो साढे १२ बजेका लागी बोलाउनु हो । अध्यक्ष मिश्रले एकलौटी ढंगले बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले डेढ घण्टाअघि केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ ।

पाण्डेले सोही दिन बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । मिश्रले संघीयता खारेज हुनुपर्ने र धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावसहितको दस्तावेज सार्वजनिक गरेपछि विवेकशील साझा पार्टी आन्तरिक विवादमा रूमल्लिएको छ ।

उक्त पार्टीको पाण्डे समूहले मिश्रलाई दस्तावेज फिर्ता लिन दबाब दिएका छन् भने मिश्र भने पार्टी फुटे पनि आफूले सार्वजनिक गरेको दस्तावेज फिर्ता नलिने बताउँदै आएका छन् ।

अध्यक्ष र संयोजकले छु्ट्टाछुट्टै बैठक बोलाएपछि केन्द्रीय सदस्यहरूलाई कुनै एक पक्षमा खुल्न बाध्यता परेको छ । आन्तरिक विवादका कारण विवेकशील साझा पार्टी पनि फुटको नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस