काठमाडौ । उपचारका लागि भारतको नयाँ दिल्लीमा जानुभएका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किनुभएको छ ।
स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्किनुभएका खनाललाई लिन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विमानस्थल जानुभएको थियो ।
मिर्गौल प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनाल स्वास्थ्यलाभपछि सोमवार दिउँसो फर्कनुभएको हो ।
एमाले विभाजन गरी बनेको एकीकृत समाजवादीको पक्षमा उभिएका खनालले दिल्लीस्थित दूतावासबाटै बुधबार सनाखत गर्नुभएको थियो ।